सुनिल क्षेत्रीको २ गोलमा भारतले जित्यो इन्टरकन्टिनेन्टल कपको उपाधि

कप्तान सुनील क्षत्रीको शानदार २ गोलमा भारतले इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। आइतबार साँझ मुम्बईमा भएको फाइनलमा केन्यालाई २-०ले हराउँदै भारतले उपाधि रक्षा गरेको हो। फाइनलमा दुई गोल गरेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्या ६४ पुर्‍याएका छन्। उनी भारतका सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन्। उनले अन्तर्राष्ट्रिय गोलमा मेसीसँग बराबरी गरेका छन्। […]

आरके ज्वेलर्सका तीन शाखामा छापा

काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानविन गर्न बनेको समितिले आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको छ । समितिका संयोजक तथा सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सको बिशालबजार, न्युरोड र दरबारमार्ग शाखामा छापा हानेर विक्रीका लागि राखिको सम्पूर्ण सुन बरामद गरेको समितिका एक सदस्यले जानकारी दिए ।

आरके ज्वेलर्सका तीन शाखामा छापा

भेटिकन सिटी । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन् । विवादास्पद जुवान ब्यारोससहित अन्य दुई आरोपित धर्मगुरूको कार्यकाल चलिरहँदा उनीहरूमाथि चर्चमा भएका यौन गतिविधिमा दोषी भनी आरोप लागेपछि उहाँहरूले नैतिकताका हिसाबले पदबाट राजिनामा दिएका हुन् । उक्त प्रकरणमा चिलीका धर्मगुरूहरूको प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यले […]

पेलेको किर्तिमानमा नेयमारको आँखा

एजेन्सी । पेरिस सेन्ट जर्मेनका स्टार नेयमार रोमारियोसँगै ब्राजिलको सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा उक्लेका छन् । गत फेब्रुअरीमा घाइते भएपछि पहिलो पटक खेलको शुरुवात गरेका नेयमारले विश्वकपअघिको मैत्रिपूर्ण खेलमा अस्ट्रियालाई पराजित गर्ने क्रममा गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् । खेलको ६३ औँ मिनेटमा नेयमारले अस्ट्रियाका डिफेन्डर अलेक्सान्डर ड्रागोविचलाई छलाउँदै गोल गरेका थिए […]