वीरगञ्जको घण्टाघर तनावग्रस्त

९ पुस  : आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको छ । महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै प्रमुख सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन् । प्रअ मेहताले शैक्षिक […]

नेपाल आइडल सिजन २ का विजेता

काठमाडौँ, ९ पुस : नेपाल आइडलको उपाधि जितेपछि पहिलो पटक रवि ओड गृह प्रदेश जाने गएका छन् । उनी आज बिहान सुदूरपश्चिम गएका छन। रविलाई धनगढीमा प्रदेश सरकारले बधाई तथा सम्मान कार्यक्रम पनि गरेको छ ।गत शुक्रबार सम्पन्न नेपाल आइडलको ‘ग्रान्ड फिनाले’मा रवि अन्य तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन–२ का विजेताबन्न सफल भएका […]

पुस २६ देखि पर्यटन मेला

९ पुस : प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौंदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गरीने भएको छ । स्थानीय विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने सो मेला पुस २६ देखि माघ ३ गतेसम्म […]

शेयर बजार वृद्धि

काठमाडौँ, ८ पुस  : धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ३१ बिन्दुले वृद्धि भई २५५ […]