मङ्सिर ९, : बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँमा आज बिहान २ बजे आगलागी हुँदा ३० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । नवीगाउँमा लागेको आगो बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी इन्द्र शाहीले बताउनुभयो । नेपाली सेनाको हुनमानध्वज गुल्मका गुल्मपती सेनानी रविराम खड्काको नेतृत्वमा सेना र ढोरपाटन शिकार आरक्षका कर्मचारीको टोलीले बिहान मात्रै आगो नियन्त्रणमा […]
मङ्सिर ९ , : बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ । बाढीबाट प्रभावित पूर्ण क्षति भएको घर गुलरिया नगरपालिका–१, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरिएको हो । सो घर निर्माणका […]
मङ्सिर९ : हरेक तीन÷तीन महीनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि पहिलो सार्वजनिक सुनुवाइ शनिबार गरेको छ । गत आर्थिक वर्षमा ५३१ वटा योजना बजेट विनियोजन गरेर सम्पन्न गरेको जनाइएको छ । ५१ नगरस्तरीय, ३३१ वडास्तरीय र १०३ वटा सशर्ततर्फका योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । गत आवमा नगरपालिकाले रु […]
मङ्सिर ९ : जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ फर्किने क्रममा जिल्ला अस्पतालको […]