२२ चैत, काठमाडौं । टुरिज्म डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा साधारण सभाबाट पारित हुन बाँकी छ । बोनस पारितभएसँगै बैंकको पुँजी करिब दुई अर्ब ३१ करोड रुपैयाँ पुग्ने भएको छ ।
२२ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एक्सिस बैंकसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिट्यान्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा एक्सिस बैंक भारतसँग सम्झौता गरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिट्यान्स सुरु गर्न लागेको हो । उक्त सम्झौता अनुसार एक्सिस बैंकको भारतमा रहेको ३ हजार ५ सयभन्दा बढि शाखाहरुबाट नेपालमा […]
२१ चैत, काठमाडौं । बैंकहरुले थोरैभन्दा थोरै अवधिको निक्षेप याजना सञ्चालनमा ल्याउन थालेका छन् । सामान्य बचत खातामा नै आठ प्रतिशतसम्म व्याजदर रहेपनि खातामा पुँजी नअड्निने समस्या रहेपछि बैंकहरु कम अवधिको मुद्दती निक्षेप योजना ल्याउन केन्द्रीत भएका छन् । एनएमबी बैंकले चैत २१ गतेदेखि लागु हुने गरि दुई साता अवधिको निक्षेप योजना सञ्चालनमा ल्याएको हो […]
२१ चैत, काठमाडौं । यामाहाको आधिकारिक विक्रेता रिसिक अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०७५ को अवसरमा ललितपुरको जावलाखेलमा यामाहा मिनी मेला आयोजना गरेको छ । मेलाको उद्घाटन मिस इन्टरनेशनल २०१७ तथा फेस अफ फेसिनो निती शाहले बुधबार गरेकी हुन् । चैत्र २१ गतेदेखि चारदिनसम्म चल्ने मिनी मेलामा यामाहाका सबै मोडेलका मोटरसाइकल तथा स्कुटरहरु खरिदका लागि उपलब्ध […]