नेपाल र नेदरल्याण्ड्सको खेल टी-२० आई

काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीच लड्समा हुने खेलले टी-२० आईको मान्यता पाउने भएको छ । हालै मात्र एकदिवसीय मान्यता पाएको नेपालले २९ जुलाइमा लड्समा एसीसी र नेदरल्याण्ड्सँग खेल्नेछ । आईसीसीले सबै देशलाई टी-२० मान्यता पनि दिएकाले नेदरल्याण्ड्ससँगको खेलले टी-२० आईको मान्यता पाउने भएको हो । यसअघि नेपालले २०१५ मा पपुवा न्यूगिनीविरुद्ध अन्तिम टी-२० आई म्याच […]

केभिन ओ’ब्रायनले एभरेष्ट प्रिमियर लिग खेल्ने

१२ असार, काठमाडौं । आयरल्याण्डका वर्ल्डकप हिरो केभिन ओ’ब्रायनले नेपालमा एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । काठमाडौं किङ्ग्स इलाभेनले ओ’ब्रायनलाई अनुबन्ध गरेको घोषणा गरेको हो । उनी काठमाडौं आउने र ईपीएल खेल्ने काठमाडौंका सीओओ राजजंग थापाले बताएका छन् । क्लबले जारी गरेको भिडियोमा ओ’ब्रायनले आफू ईपीएल खेल्न उत्साहित रहेको बताएका छन्

एसिएन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा

१० असार, काठमाडौं । इण्डोनेसियामा हुने १८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोली घोषणा भएको छ । २० सदस्यीय नेपाली टोलीमा तीन सिनियर खेलाडी किरण लिम्बु, रोहित चन्द र भरत खवास छन् । गोलकिपरमा एलन न्यौपाने र सोजित गुरुङ छन् भने डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरब बुढाथोकी […]

इंग्ल्याण्डद्वारा पाँच एकदिवशीय श्रृङ्खला हृवाइटवास

११ वैशाख, काठमाडौं । जोस बट्लरको शतकको मदतमा इंग्ल्याण्डले पाँचौं एकदिवसीय क्रिकेटमा अष्ट्रेलियामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ । यससँगै घरेलु टोलीले पाँच एकदिवसीय श्रृङ्खला हृवाइटवास गरेको छ । अष्ट्रेलियाले दिएको २०६ रनको लक्ष्य इंग्ल्याण्डले ४८.३ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसको जितमा बट्लरले नटआउट ११० रनको योगदान दिएका छन् । केन […]