बालुवाटारमा ओली-दाहाल छलफल

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। शुक्रबार डाकिएको स्थायी कमिटीको बैठकको सहमतिको प्रस्ताव तयार गर्नका लागि छलफलमा जुटेका हुन्। करिब डेढ घण्टादेखि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल जारी रहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए। समयसामयिक विषयमा छलफल केन्द्रीत रहेको उनले जनाए। शुक्रबार […]

प्रजातान्त्रीक बिचार समाज सुदुरपश्चिमका ९ जिल्लाको सयूक्त बैठक सम्पन्न

अछाम । बिपी कोईरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा प्रजातान्त्रीक बिचार समाज सुदुरपश्चिम प्रदेशका जिल्लाहरुको सयूक्त बैठक सम्पन्न भएको छ । ९ वटै जिल्लाका जिल्ला अध्यक्ष लगायतका पदाधिकारीको सहभागितामा भर्चुअल रपमा बैठक सम्पन्न भएको अछामका अध्यक्ष शंकर बहादुर रावलले बताए । प्रदेश स्तरिय समिती निर्माण, सदस्यता बिस्तार लगायतका निर्णय गर्न बैठकको आयोजना गरिएको प्रदेश संयोजक डाक्टर लक्ष्मीराज […]

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छः मन्त्री पुन

रोल्पा  रासस रोल्पा । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् ।  प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए । कुलमानको पुनःनियुक्तिका विषयमा […]

भेनेजुएलामा सेप्टेम्बर महिना भित्रै रुसी खोप आउँछः मदुरो

काराकास – भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको ‘स्पुतनिक भी’ खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन् । भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिए । उनले आगामी राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिने बारेमा राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारीसँग […]