कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

काठमाण्डु – कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैतयता मंगलबारसम्म ५७ हजार […]

छ लाखभन्दा बढी नेपाली फर्किने,स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो

काठमाण्डु –  कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको […]

वीपी को १०७ औं जन्म जयन्ती आज

काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज। कोरोना भाइरसको संक्रमण र जोखिमका कारण औपचारिक कार्यक्रम प्रभावित भएका छन्।  नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने भएको छ। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै वीपीको जन्म जयन्ती मनाउन आग्रहसमेत गरिएको छ। […]

रोनाल्डोले बनाए अर्को रेकर्ड स्वीडेनमाथि पोर्चुगलको जित

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत गत राति भएको खेलमा स्वीडेनमाथि पोर्चुगलले २ – ० को जित निकालेको छ । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले निर्णायक साबित भए । रोनाल्डो सहित मैदानमा उत्रिएको पोर्चुगल खेलमा निकै हाबी देखिन्थ्यो । खेलमा रोनाल्डोले ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता मात्र दिलाएनन् आफ्नो अन्र्तराष्ट्रिय गोल १ सय पनि […]