बेनाम बादशाह (रमेश) इलाम – इलामको फाकफोकथुम गा:पा -6 शिकारीभन्ज्याङ निवासी जमुना श्रेष्ठ लाई एकतप्पा सेवा समाज, झापाले उपचार सहयोगको लागि 25 हजार सहयोग गरेको छ । समाजले झापामा बसोबास गर्ने एकतप्पा बासिहरुबाट रकम संकलन गरि ४० बर्षिय जमुना श्रेष्ठ को उपचारको निम्ति रकम हस्तान्तरण गरेको हो । समाजको अध्यक्ष डबल लिम्बुसहितको नेतृत्वमा अन्य पदाधिकारी […]
उपत्यकाका तीन जिल्लामा मंगलबार थप तीन सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा तीन सय, ललितपुर जिल्लामा ३८ र भक्तपुर जिल्लामा ५८ जनालाई संक्रमण पुष्टि भएको हो । मंगलबार देशभर नौ सय दुईजनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ — बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई २ दिन सोधपुछ गरेपछि प्रकाउ गरेको टाइम्स अफ इन्डिया र इन्डिया टुडेले जनाएका छन् । एनसीबीले अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमाथि ड्रग्सको सम्बन्ध रहेको भन्दै मुद्दा दर्ता गरेको छ । गत शुक्रबार एनसीबीले रियाकी भाई सोविकलाई समातेको थियो । उनले एनसीबीको अघि आफूले ड्रग्स […]
काठमाडौँ । भक्तपुरको सल्लाघारीबाट प्रहरीले १२ हजार ९ सय थान लागूऔषध बरामद गरेको छ । महानगरीय अपराध महाशाखाले सो लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको महाशाखाका एसएसपी दिपक थापाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान रहेका छन् । डम्बर र विष्णुले ना ३ […]