रुसले दर्ता गर्‍यो विश्वको पहिलो कोरोना भ्याक्सिन

एजेन्सी । रुसले कोरोना भाइरसविरुद्ध विश्वको पहिलो भ्याक्सिन दर्ता गरेको घोषणा राष्ट्रपति भ्यादिमिर पुटिनले गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको प्राणघातक रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्नका लागि यो डोज प्रभावकारी रहेको उनले बताए ।  ‘मैले बुुझेअनुसार कोरोना भाइरसविरुद्धको विश्वको पहिलो भ्याक्सिन यसै बिहान रुसमा दर्ता भएको छ,’  राष्ट्रपति पुटिनले सरकारका सदस्यहरुलाई भने, ‘म ती सबैलाई धन्यवाद् दिन्छु, […]

दाहसंस्कारपछि पूर्वमन्त्री बस्नेतका बाबुमा कोरोना पुष्टि, १५ सय मलामी सहभागी

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका बुवामा निधनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाण्डुको टिचिङमा मृत्यु भएका पूर्वसञ्चारमन्त्री बस्नेतका बुवामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले कोरोना परीक्षणका लागि बस्नेतका ८४ वर्षीय बुवा खड्गबहादुर बस्नेतको स्वाब संकलन गरेको थियो । स्वाबको पीसीआर परीक्षणका क्रममा मंगलबार नतिजा पोजेटिभ आएको बस्नेतको […]

नारायणी अस्पतालका ३ सय ५० जना कर्मचारीले दिए सामूहिक राजीनामा

काठमाण्डु – वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ३ सय ५० जना कर्मचारीले सामूहिक राजीनामा दिएका छन् । कोरोना भाइरसको संक्रमणमा खटिने चिकित्सकहरुमाथि आक्रमण हुन थालेपछि चिकित्सकहरुले सामूहिक राजीनामा दिएका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले प्रमुख जिल्ला अधिकारीलाई सामूहिक राजीनामा बुझाएको जानकारी दिए । उनीहरुले चिकित्सकमाथि हुने आक्रमण बन्द गर्नुपर्ने, स्वाथ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने लगायतका […]

कोरोना परीक्षण र रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो ५० करोड खर्च

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा सम्बोधन गरेका छन्। उनले समसामयीक विषयमा प्रदेश सभामा सम्बोधन गरेका हुन्।  उनले प्रदेशको प्रकोपको क्षती, कोरोनाको प्रभाव तथा रोकथापका लागि भएका प्रयासका बारेमा सभालाई जानकारी दिएका हुन्। उनले विभिन्न प्रकोपबाट प्रदेशमा ४३ जनाको मृत्यु भएको प्रदेश सभालाई जानकारी दिए।  उनले बाढी, पहिरो, लगाएतका प्रकोपका कारण उनीहरुको मृत्यु भएको […]