२७ साउन, डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना […]
काठमाडौँ — पार्टीभित्र शक्ति र सत्तासंघर्ष जारी रहेकै बेला नेकपामा एकपछि अर्को हस्ताक्षर अभियान चलेको छ । केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कार्यलयमा हस्ताक्षर बुझाएको दुई साता नबित्दै नेकपाका ६३ सांसदले पनि हस्ताक्षर संकलन गरेका छन् । संघीय संसद अन्तगर्त प्रतिनिधिसभाका सांसदले पार्टी विभाजन रोक्ने उदेश्यले हस्ताक्षर संकलन गरेर पत्रकारसम्मेलन गरेको […]
काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरू भएको जानकारी दिए । उनका अनुसार आजको बैठक नियमित बैठक हो । आजको बैठकमा लकडाउन र हवाई उडानबारे निर्णय हुनसक्ने स्रोतले जानकारी दियो । source : kathmandupaati
काठमाण्डु – काठमाण्डु उपत्यकाभित्रका स्थानीय तहले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाण्डु उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यका भित्र […]