भदौ १ बाट अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सिफारिस

२५ साउन, काठमाडौं । अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ ।  कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई […]

नेकपामा ६३ सांसदको हस्ताक्षर : कसको हिसाब गडबड ?

२५ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्व दुई कित्तामा बाँडिएकै बेला सो पार्टीका ६३ जना सांसदले पार्टी एकताको पक्षमा हस्ताक्षर सार्वजनिक गरेका छन् । यो हस्ताक्षर अभियानले प्रधानमन्त्री केपी ओलीलाई फाइदा पुग्छ कि अर्को पक्षलाई भन्ने जोड घटाऊ पनि नेकपाभित्र सुरु भएको छ । आइतबार ६३ सांसदले पार्टी एकताको पक्षमा […]

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो

२५ साउन, काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ । source: onlinekhabar

श्वासप्रश्वासमा समस्या भएकी एक महिलाको मृत्यु, कोरोना परीक्षण हुने

२५ साउन कैलाली । श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ । थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ घर भएकी ३८ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो । डडेल्धुरामा उपचार सम्भव […]