राजकुमारको परिवारलाई १० लाख दिने सहमति

चितवन — चितवन राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ खटिएका सैनिकले नियन्त्रणमा लिई कुटपिट गरेको साता दिनपछि मृत्यु भएका राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका राजकुमार चेपाङका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने लिखित प्रतिबद्धता जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार साँझ भएको छलफलमा मृतकका परिवारलाई निकुञ्‍जले ७ लाख र राप्ती नगरपालिकाले ३ लाख रुपैयाँ दिने सहमति जनाएका हुन् । […]

व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण अस्वीकार्य : मन्त्री भट्टराई

१७ साउन, काठमाडौं । पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन् । उनले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने स्पष्ट पारेका छन्  सामाजिक सन्जाल ट्वीटरमार्फत् मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, […]

शनिबार थपिए ३१५ जना संक्रमित, संक्रमित संख्या २० हजार नाघ्यो

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । त्यस्तै विगत […]

हाम्रा हरेक वस्ती विश्व पर्यटनको लागि इमेजिनरी ड्रीमल्याण्ड हुन्

लक्ष्मण चौलागाईं विद्रोही व्यवस्था बदल्दैमा कुनै तप्का पुरै दुश्मन जस्तो, कुनै तप्का एउटै परिवारको सदस्य जस्तो, कुनै तप्का प्रतिपक्ष जस्तो ,गणतन्त्र भनिएको वयवस्था अरे ,जातिको नाममा कोटा ,जातीयतालाई प्रश्रय दिने खाले जातीयताका संघीय राज्य ।हामी सबै मानव जाती हौं भन्ने सन्देश दिन नसकेको लोकतान्त्रिक गणतन्त्रको संविधान नै लोकतान्त्रिक नदेखिएको विडम्बना बारे जिम्मेवार निर्णायक तप्कासम्मको ध्यानाकर्षण […]