१६ साउन, सुर्खेत । कर्णाली प्रदेशमा मनसुन सुरु भएयता बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसोसम्मको अध्यावधिक तथ्यांकअनुसार जाजरकोटमा १५ जना, कालीकोटमा १३ जना, रुकुम–पश्चिममा ४ जना, सुर्खेत, दैलेख र सल्यानका एक÷एकजनाको बाढी र पहिरोमा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ । मनसुन सुरु भएयता पहिरो […]
१६ साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारसँग नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्ने निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि समितिले फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा […]
१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।
१५ साउन, काठमाडौं । होटेलको गेटबाट भित्र छिर्नासाथ सुरक्षा गार्डले रोके । अलि पर बसेर उनले भने, ‘कृपया जुत्ता स्यानिटाइज गर्नुस है !’ जुत्ता स्यानिटाइज गर्नका लागि केमिकलमा डुबाइएको एउटा म्याटमा टेक्नुपर्ने रहेछ । त्यसपछि जुत्ता पुछ्नलाई अर्को सुख्खा म्याट । दुवै म्याटबाट अगाडी बढेपछि अटोमेटिक मेसिनले ज्वरो नाप्ने प्रबन्ध थियो । ज्वरो नापिएपछि त्यहाँ […]