उपत्यकामा संक्रमित सहजै आउजाउ : नाकामा गरिएको परीक्षणमा २४ लाई कोरोना

काठमाडौँ — वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी सोमबार काठमाडौं आए– नगर विकास कोषको बैठकमा सहभागी हुनका लागि । कार्यक्रममा बसिरहँदा स्वास्थ्य अवस्था असहज भएपछि उनी केही बेरमै बाहिरिए ।  जाँच गराउन ललितपुरको मेडिसिटी अस्पतालमा पुगे । स्वाब पनि दिए । चिकित्सकले ज्वरो कम गराउन एन्टिबायोटिक दिए । ‘औषधि खाएको रातिदेखि नै ज्वरो निको भयो,’ उनले कान्तिपुरसँग भने, ‘निको भए पनि जिल्ला […]

लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्चको आदेश

काठमाण्डु – सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा नउठाउन आदेश दिएको छ । बिहीबार न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन अन्तरिम आदेश जारी गरेको हो । ओबीसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले असार २१ गते सम्पूर्ण श्रमिकले यो अवधिमा आम्दानी नगरेकाले भाडा तिर्न नसक्ने भएकाले छुट […]

कोरोना संक्रमितको उपचारमा नजाने ३० जना चिकित्सक पक्राउ

वीरगंज – कोरोना भाइरसको महामारीमा काम नगर्ने ३० जना चिकित्सक पक्राउ परेका छन् । पर्सा प्रहरीले वीरगञ्ज महानगर परिसरबाट बिहीबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो । सिद्धार्थ माध्यमिक विद्यालयमा ४० बेडको सेमी–आइसोलेसन व्यवस्थापन गर्न उनीहरुलाई खटाइएकोमा उनीहरु खटिन र ड्युटी गर्न आलटाल गरेपछि संकट व्यवस्थापन केन्द्र पर्साको निर्देशनमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साकी […]

‘भरियादेखि दलितसम्मको भूमिका गरेको छु’

सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो । ती व्यक्ति लामो समयदेखि ढोकाको संघार बाहिर टुसुक्क बसिरहेका थिए । कति […]