धनगढी, श्रावण १५ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या प्रकरणको अनुसन्धानका क्रममा ‘यातना दिएको’ र ‘सार्वजनिक न्यायविरूद्धको कसुर’मा मुद्दा परेका आठ जना प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको छ। बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित मुद्दा परेका आठै जना प्रहरीलाई सफाइ दिएको हो। बिस्टसहित सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, […]
१५ साउन, वीरगञ्ज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा […]
धनगढी, टीकापुर, महेन्द्रनगर — मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीका विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले पूर्वोत्तर क्षेत्र पूरै डुबानमा परेको छ । बाढीले बगाएर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबान क्षेत्रमा पाँच हजारभन्दा बढी परिवार विस्थापित छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार हुलाकी सडकखण्डमा पर्ने भजनी–८ […]
काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले आफू कुनैपनि गुटमा नभएको जिकिर गरे । ‘हिजोबाट हाम्रो पार्टी एकता ताकाको स्पिरिटमा आईपुगेको छ, अब यही कोर्समा पार्टी अघि बढुछ,’ […]