काठमाडौं – साउन १३ गते मंगलबारका लागि निर्धारित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल लगायत प्रधानमन्त्री केपी शर्मा ओलीइतर पक्षको बैठक भयो । बैठकले निष्कर्ष निकाल्यो – स्थायी कमिटी बैठक नरोक्ने र एजेन्डामा अगाडि बढाउने । पार्टी शीर्ष नेताबीच सहमति नभई स्थायी […]
१४ साउन, काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा मंगलबार दिउँसो निकै चहलपहल थियो । दरबार स्क्वायर अगाडिको ठूलो कम्पाउण्डको एउटा कुनामा टाँगिएको टेन्ट टाढैदेखि देखिन्थ्यो । त्रिपाल बाहिर प्लास्टिकका कुर्सीहरु थिए । र, कुर्सी छातीमा प्लेकार्ड बोकेका मानिसहरुले भरिभराउ थियो । त्रिपालमुनि म्याट ओछ्याएर दुई जना सुतिरहेका थिए । एक ‘ईः’ र अर्का समायरा श्रेष्ठ । […]
१३ साउन, काठमाडौं । कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम […]
काठमाडौँ — राष्ट्रपतिले कहलिएका पत्रकारहरूलाई निवासमा बोलाएर समसामयिक परिस्थितिबारे छलफल गर्छिन् । छुट्टिने बेलामा तिनलाई भनिन्छ, समसामयिक विमर्श सार्वजनिकीकरणका लागि नभएर फगत भलाकुसारी मात्रै थियो । सत्ताधारी दलका सर्वेसर्वा एवं प्रमुख प्रतिपक्षका अध्यक्ष लगालग दुई दिनसम्म एक्लाएक्लै वार्तालाप गर्छन् । कुराकानीको विषय राजनीतिक लेनदेन, सम्भाव्य सत्ता साझेदारीको गोप्य सौदाबाजी वा संवैधानिक निकायका तीन दर्जनभन्दा बढी पदाधिकारीहरूको नियुक्तिमा भागबन्डामध्ये […]