१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका प्रधानमन्त्री साँझ भैंसेपाटीस्थित वामदेव निवासमा पुगे । मंगलबार बिहान ११ बजे आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली आफू त सहभागी […]
काठमाण्डु – नेपाली कांग्रेसले सुनीलबहादुर थापालाई सहमहामन्त्री बनाएको छ । मंगलबार राप्रपा छोडेर आएका थापालाई भित्र्याउँदै सभापति शेरबहादुर देउवाले सहमहामन्त्री दिएको घोषणा गरेका हुन् । ‘धेरै साथीहरू हाम्रो पार्टी प्रवेश गर्नुभएको छ । अहिले हामीले के दिएका छौं र ? सहमहामन्त्री पद दिएको छु,’ सभापति देउवाले भने, ‘भोलिका दिनमा उहाँहरूले काम गर्दै जानुहुनेछ ।’ राप्रपाका […]
काठमाडौं, १२ साउन । पछिल्लो समय यूनियन लाइफ इन्स्योरेन्सले नेपालका पुराना बीमा कम्पनीलाई बजारमा चुनौति दिएको छ । यूनियनले पुरानो कम्पनी नेपाल लाईफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)लाई चुनौति दिँदै गत आ.व.मा तेस्रो स्थानमा परेको छ । गएको आवमा जीवन बिमा कम्पनीहरुले ९४ अर्ब ३९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । अघिल्लो […]
१३ साउन, काठमाडौं । राप्रपा परित्याग गरेर नेपाली कांग्रेसका प्रवेश गरेका सुनीलबहादुर थापाले दुईवटा तर्क अघि सारेका छन् : पहिलो- उनका पिता पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापा धनकुटा कांग्रेसका संस्थापक सभापति थिए । दोस्रो – उनी आफ्ना पिता सूर्यबहादुरको विरासत थाम्नकै लागि राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । ३० जनाभन्दा बढी नेता-कार्यकर्ता लिएर मंगलबार औपचारिकरुपमै […]