प्रचण्डलाई सुर्य थापाको जवाफः आफू प्रधानमन्त्री भएको बेला नक्सा जारी गरेर इतिहास रचेको भए हुन्थ्यो !

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला भनाइलाई खण्डन गरेका छन् । विपक्षी दलका नेताको कुनै गुनासो र हिनता प्रकट नहुने तर पार्टीभित्रै उछिनपाछिनको होडबाजी चलिरहेको भन्दै सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा अध्यक्ष प्रचण्डको भनाईको जवाफ दिएका हुन् । उनले […]

शनिबार १०९ जना कोरोना संक्रमित थपिए

काठमाण्डु – शनिबार नेपालमा १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा चार हजार ७५ जनामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । संक्रमितमध्ये ४५ […]

राष्ट्र बैंकमा पुग्यो सनराइज बैंकको आन्तरिक विवाद

१० साउन, काठमाडौं । सनराइज बैंकको सञ्चालक समितिमा भएको विवाद सतहमा पुगेको चर्चासँगै नेपाल राष्ट्र बैंकले यो विषयमा चासो दिएको छ । सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबीच जागिर छोड्ने र छोडाउनेसम्मको विषयले चर्चा पाएको भन्दै राष्ट्र बैंकले बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि बोलाएको छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले दिएको […]

प्रचण्डलाई ओली निकट नेता पोखरेलको काउण्टर:आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा किन गर्नुभएन ?

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको नयां राजनीतिक नक्साबारे दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री निकट नेताले विरोध जनाएका छन् । प्रधानमन्त्री निकट स्थायी समिति सदस्य शंकर पोखरेलले प्रचण्डको अभिव्यक्तिको सामाजिक संजाल फेसबुकमार्फत विरोध जनाएका छन् । उनले कालापनी क्षेत्रको सिमा विवाद पुरानै भएको भन्दै आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा था नपाउनेले अहिले उहांले होइन मैले हो […]