सीतापाइलामा युवतीलाई एसिड हान्नेहरु पक्राउ

९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् […]

पर्सामा ५ थुनुवासहित थप ३२ जनामा कोरोना पुष्टि

९ साउन, वीरगञ्ज । पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले […]

भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँसहित अस्पतालबाट नियन्त्रणमा लिएको शाखा अधिकृत मिनराज थापाले बताए । थापाका अनुसार खनालको कार्यकक्षमा रहेको दराजबाट […]

तत्कालै खाडी मुलुक र मलेसियाले लिन्छन् त नेपाली कामदार ?

८ साउन, काठमाडौं । अहिले स्वदेशमा रोजगारी नपाएर छट्पटाइरहेका नेपाली युवाको जिज्ञासा छ, कहिलेबाट वैदेशिक रोजगारीमा जान पाइन्छ ? अहिले पनि श्रम गन्तव्य मुलुकबाट बिदामा आएकालाई नेपाल सरकारले फर्किनको लागि श्रम स्वीकृति दिइरहेको छ । तर नयाँ श्रम करार गरेर विदेश जान चाहनेहरू भने कहिलेबाट रोजगारी खुल्छ भनेर कुरेर बसिरहेका छन् । विदेशबाट बिदामा नेपाल […]