एजेन्सी – अमेरिकाले ह्युस्टन वाणिज्य दूतावास बन्द गरेपछि चीनले बदला लिने चेतावनी दिएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सबैभन्दा ठूलो चोट लाग्ने गरी गरिएको उक्त निर्णयको जवाफ दिने चीनले चेतावनी दिएको हो । अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास कार्यालय ७२ घण्टा भित्र बन्द गर्न आदेश दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ […]
काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १०० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित पत्रकार सम्मेलनमार्फत २८ वटा प्रयोगशालामा देशभरका ३ हजार ७ सय ७८ जनाको पिसिआर परीक्षण गरिएकोमा सय जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ […]
७ साउन, काठमाडौं । लकडाउन खुकुलो बनाएपछि आम सर्वसाधारण घरबाट निस्कने क्रम बढेको छ । सरकारले मंगलबार राति १२ बजेपछि लागू हुने गरी १२० दिन लामो लकडाउन अन्त्यको घोषणासमेत गरिसक्यो । अब लामो दूरीको यातायात, विद्यालय, मनोरञ्जनस्थल, भोज आदि केही क्षेत्र मात्र बन्द गरिएका छन् । लकडाउन खुकुलो भएसँगै सडकमा देखिएका सवारी साधन र मानिसको चहलपहलले […]
७ साउन, विराटनगर । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए […]