बालुवाटारमा ओली र प्रचण्डबीच छलफल सुरु

२४ असार, काठमाडौं । पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । […]

नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना

नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। अहिले संक्रमित चार जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी गरिएको छ। उनीहरू होटल सोल्टीमा क्वारेन्टिनमा बसेका थिए। यसअघि पनि एयरलाइन्सका तीन जना पाइलटसहित नौ […]

डिसहोमको कथा : टक्करले जन्मियो, ठक्करले दरियो

२४ असार, काठमाडौं । सन् २०१० को अगस्टमा सरकारले डीटीएचमार्फत टेलिभिजन सेवा दिने गरी निजी क्षेत्रलाई अनुमति पत्र खुला गर्‍यो । ८ कम्पनीले लाइसेन्स लिए। डिस नेपाल र होम टिभीले मात्रै सेवा थाल्ने गरी स्याटेलाइटमा स्पेस पनि पाए । भारतमा टाटा स्काइ, एयरटेल, भिडियोकोनलगायतका सेवाप्रदायकले हासिल गरेको सफलता देखेर दुवै लगानीकर्ताहरू यो व्यवसायमा हामफालेका थिए […]

बीमा दावी सरलिकृत गर्नेबारे बीमा सर्भेयरहरुसँग बीमा समितिको अन्तरक्रिया

काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा बीमा समितिले बीमा सर्भेयरहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आगामी आर्थिक वर्षमा अपनाउनुपर्ने नयाँ रणनीति तथा बीमा दावी भुक्तानीलाई थप सरल बनाउन के गर्न सकिन्छ, लकडाउनको विद्यमान अवस्थामा बीमा सर्भेयरलाई परेका अप्ठेराहरुको विषयमा छलफल भएको हो । गत शुक्रबार बीमा समितिको हलमा आयोजित कार्यक्रममा बीमा सर्भेयर संघ नेपालका […]