काठमाडौं उपत्यकामा बढ्दो स्थानीय संक्रमण

२५ असार, काठमाडौं । पछिल्लो १० दिन (असार १५ देखि २४ गतेसम्म) उपत्यकामा २६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये १६७ जना उपत्यकामा बसोबास गर्दै आएका हुन् । बाँकी १२० जना विदेशबाट उद्धार गरिएका तथा उपचारको सिलसिलामा बाहिरी जिल्लाबाट आएका हुन् । उनीहरुमध्ये १२ जनाको त ठेगानासमेत खुलेको छैन । […]

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक वेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्तासमेत भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिए । आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । सीईओ काफ्लेले बाढीले अरबौंको क्षति भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘इलेक्ट्रोमेकानिकल सामान राख्ने […]

नदीमा डुबेर बालिकाको मृत्यु, धकेलेको अभियोगमा दाजु पक्राउ

२५ असार, कैलाली । कञ्चनपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान शव फेला परेको हो । बुधबार साँझ स्थानीय खोलामा डुबेर बेपत्ता भएकी बालिककाको बिहीबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले मृतक बालिकाको दाजुलाई पक्राउ गरेको […]

वर्षाका कारण सीमास्तम्भ ढल्यो

२४ असार, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भार कार्य नहुँदा ढलेको छ ।” बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला […]