घरजग्गा धितोमा राख्ने बढे, असारयता १५ हजारको रोक्का

२२ असार, काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै घरजग्गा धितोमा राख्नेको संख्या बढेको छ । सरकारले लकडाउनको मोटालिटी परिवर्तन गरी १ असारदेखि कार्यान्वयनमा ल्याएपछिको १८ दिनमामात्रै देशभर १५ हजार १ सय ४२ घर/जग्गा रोक्का भएका छन् । जग्गा रोक्का गर्नेहरुको संख्या देशभरका मालपोत कार्यालयहरुमा धेरै रहेको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालयहरु सञ्चालनमा आएपछि […]

विदेशीलाई नागरिकता दिएको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

बिर्तामोड — झुटा विवरण पेश गरी १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता बनाइदिएको कसुरमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरीबाट खटिएका प्रहरी टोलीले शनिबार काठमाडौंको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए । उनलाई […]

कांग्रेससँग सम्बन्ध सुधार्ने प्रयत्‍नमा ओली

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससँगको सम्बन्ध सुधार गर्ने प्रयत्न थालेका छन् । पार्टीमा आन्तरिक शक्ति संघर्षका कारण संकटमा पर्न थालेपछि प्रधानमन्त्री ओलीले कांग्रेससँग निकटता बढाएर जान चाहेका हुन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडानमा रहेका र त्यसैका कारण पार्टी विभाजित हुने अवस्था बनेमा कांग्रेससँगको साझेदारीमा सरकार सञ्‍चालन […]

काठमाडौं उपत्यकामा ३० जना संक्रमित भेटिए

२१ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो । source : onlinekhabar