२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् । source : onlinekhabar
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक पुनः भोली बस्नेगरी सम्पन्न भएको छ । आइतबार बिहान चार जना सहयोगीसहित बसेको बैठकमा पछिल्लो समय पार्टीभित्र देखा परेको विवादबारे छलफल भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्रीले आफ्नो अडान अथावत राखेपछि सहमति हुन […]
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्विकार्य नहुने स्पष्ट पारेका छन् । पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनको भनाई छ । आइतबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले नेकपाभित्रको विवाद कसरी समाधान […]
सत्तारूढ नेकपाभित्रको जारी विवादलाई थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलमा सहमतिका लागि अझै प्रयास गर्ने सहमति भएको हो। दुई अध्यक्षको छलफल सकारात्मक भएको नेकपा महासचिव विष्णु पौडेलले सेतोपाटीलाई बताए। ‘दुई अध्यक्षले छलफल सुरू गर्नुभएको छ। […]