मौसम बद्ली , पानी पर्ने सम्भावना

फागुन १२, काठमाण्डौ ः केहि दिनदेखि बढेको गर्मि संगसंगै मौसमविद्का अनुसार आइतबार र सोमबार देशभर नै बद्लीको सम्भावना रहेकाले तापक्रम घट्ने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण आइतबार सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ ।

बाल संरक्षण नीति, रणनीति र निर्देशिका बनाइँदै

फागुन १०, काठमाण्डौ : डोटीको दिपायल सिलगढी नगरपालिकाले बाल संरक्षण एवं बालश्रम निषेध सम्बन्धी नीति, रणनीति र निर्देशिका तयार गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्र बाल अधिकार शुनिश्चित गरी बालमैत्री नगर बनाउन नीति, रणनीति र निर्देशिका बनाएर अगाडी बढ्न लागेको छ। नगरपालिकाले बिहीबार र शुक्रबार सरोकारवालासँग दुइ दिने कार्यशालामा सोका लागि विस्तृत गृहकार्य गरेको छ […]

फ्रान्समा मौसमी फ्लू भाइरस, २००० भन्दा धेरैको मुत्यु

फागुन १०, काठमाण्डौ : सर्दिस फ्रान्समा अक्टोबर १ देखि ३ फरवरीसम्म फ्लुको महामारीले २००० भन्दा धेरैको मुत्यु भईसकेको छ । अधिकांश मरे, मरेका मध्य ७८ प्रतिशत, ७५ वर्ष भन्दा माथिका वा माथि उमेरका व्यक्तिहरू थिए। रिपोर्ट अनुसार फ्रान्समा ११ देखि १७ फरवरीसम्म, फ्रान्समा ११००० भन्दा धेरै व्यक्तिले फ्लू वा सम्बन्धित लक्षणहरूको लक्षणहरू विकास गरे र […]

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने

फागुन ९ : सुदुरपश्चिम प्रदेशस्तरीय कार्यकर्ताको बिशेष भेलालाई बुधबार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने घाेषणा गरेका छन्। प्रधानमन्त्री ओलीले देशको ढिकुटी रित्तिएकोले यस वर्षकाे बजेटमार्फत ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न नसकेको तर आगामी वर्षकाे बजेटमा भने भत्ता वृद्धि गरिने घाेषणा गरेका हुन्।