बढ्दै गयो सहुलियत व्याजमा ऋण लिनेको सङ्ख्या

काठमाडौँ, ४ माघ ः सरकारले विभिन्न ब्यवसायिक क्षेत्रको लागि विभिन्न सुबिधाका साथै सस्तो ब्याजदरमा ऋण प्रदान गर्ने निर्णय गरेपछि दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको […]

सवारीसाधनको प्रदूषण परीक्षण

काठमाडौँ, ४ माघ : सवारीसाधनको अवस्था पत्ता लगाउन काठमाडौँको नागढुङ्गामा प्रहरी र यातायात व्यवस्था विभागको टोलीले गाडीको प्रदूषण परीक्षण गरेको छ ।  विभिन्न जिल्लाबाट भित्रिएका बस, ट्रक, माइक्रो र टिपरसहित ४७ वटा सवारीसाधन जाँच गर्दा १५ वटा गाडी प्रदूषण फेल भएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज जनाएको छ ।  प्रदूषण फेल भएका सवारी चालकलाई […]

नांया शिशु स्याहार केन्द्र स्थापना

४ माघ ९रासस० ः डोटीको केआइसिंह गाउँपालिका–७ स्थित भूमिराजमाडौँको सलेनामा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । उक्त शिशु स्याहार केन्द्र एक्सन एड नेपालको सहयोगमा सम विकास केन्द्र ९इडिसी० नेपाल, डोटीद्वारा सञ्चालित ‘द महिला नेटवर्क परियोजना’ र केआइसिंह गाउँपालिका–७ नंं वडा कार्यालयको संयुक्त लगानीमा निर्माण गरिएको हो । केआइसिंह गाउँपालिका वडा नंं ७ मा रहेको […]

कुकुरलाई रेविजविरुद्ध खोप

४ माघ ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ३ का १०० घरपालुवा कुकुरलाई बिहीबार निःशुल्करुपमा रेविजविरुद्धको खोप लगाइएको छ ।  रेविज रोगविरुद्धको खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडा कार्यालयले निःशुल्क एक दिने रेविजविरुद्धको खोप शिविर आयोजना गरी कुकुरलाई खोप लगाएको हो ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वडामा रहेका कुकुर सधैँ जङ्गली जनावरको सम्पर्कमा रहने भएकाले […]