सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित 

२ पुस : एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गर्नुभएको हो । सन् २०१८ […]

हुलाकी राजमार्ग सडक आजबाट कालोपत्रे

२ पुस :  बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक आजबाट कालोपत्र गर्ने काम शुरु गरिएको छ ।नेपालगञ्जको पुरैनादेखि सुइया बघौडासम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने भएके छ । योजनाको बजेट सरकारले नियमित उपलब्ध गराउँदै गएमा २०७६ साउनसम्ममा काम सक्ने गरी कालोपत्रे शुरु गरिएको इञ्जिनीयर भण्डारीले बताउनुभयो । निर्माणाधीन सडकखण्डको ठाउँठाउँमा जग्गा अधिग्रहणसम्बन्धी विवाद […]

सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो

काठमाडौँ, २ पुस  : बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा […]

भारतबाट गैँडा ल्याइयो

२ पुस : विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर […]