उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य

काठमाडौँ, ३ पुस : उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल (लुम)नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न […]

शेयर बजारमा सुधार

काठमाडौँ, २ पुस : नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर एक हजार १८२ दशमलव ७८ बिन्दुमा पुगेर आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा नेप्से परिसूचक एक दशमलव तीन शून्य बिन्दुले बढेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव […]

सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै

काठमाडौँ, २ पुस (रासस) :  नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि महिलाहरू आकर्षित हुन थालेका छन् । स्वास्थ्य संस्थाहरूबाट हालसम्म १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको ग्रामीण महिला सन्जाल नेपालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । संस्थाका अनुसार गत आर्थिक वर्षमा मात्र गर्भवती भएका […]

खटिया–दिपायल सडक राष्ट्रिय राजमार्गमा राख्न माग

 पुस २ : सुदूरपश्चिमको खुटिया—दिपायल हुँदै बझाङ्ङको मानसरोवर जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रयास थालिएको छ । सांसदहरुको प्रतिनिधिमण्डल गएको छ । डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगर सहितको टोलीलेले भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेटलाई उक्त सडकलाई राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्न आग्रह गरेका हुन् । उक्त सडक राष्ट्रिय राजमार्ग बनाउनका लागि […]