टेलिफोन नहुँदा स्थिानियहरुलाई सास्ती

४ पुस : नेपालको सहरी क्षेत्रतिर विभिन्न किसिमका सुविधाहरु उपलब्ध भएपनि नेपालको कुना काप्चा कंयौ गांउहरुमा अझै पनि मानिसहरुले टेलिफोन सेवा सुविधा पनि प्रयोग गर्न पाएका छैनन। टेलिफोन सुविधा भएको ठांउमा पनि नेटवर्कले राम्रोसंग काम गरेको पाईदैन । यसैअन्तर्गत पर्छ जुम्लाको तीन गाउँपालिका रहेको सिंजा क्षेत्र । जंहा अहिलेसम्म पनि टेलिफोन सेवा पुग्न सकेको छैन […]

नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयाम

४ पुस :  नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति भएको छ । “अमेरिका र नेपालबीचको सम्बन्धलाई साझा अठोटका साथ अझ फराकिलो बनाउँदै लगेर पारस्परिक हितमा काम गर्न साझा प्रतिबद्धता जनाएका छौँ ” ज्ञवालीले भन्नुभयो ।  […]

मोबाइल सेवा अवरुद्ध ,सेवाबाट बञ्चित स्थिानियहरु

३ पुस :  गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएर स्थिानियहरु सेवाबाट बञ्चित भएका छन। टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको छ। कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको छ। कञ्चनपुरको लालपुरस्थित नेपाल विद्युत् प्राधिकरणको […]

आजको शेयर बजारमा ओरालो

काठमाडौँ, ३ पुस :  नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ ।  आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार विन्दुले घटेर २४८ दशमलव […]