कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस

५ पुस : अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको गए राति मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ […]

ब्याजदरमा पुनः सीमा तोक्ने तयारी

५ पुस, काठमाडौं : वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो । निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याजदर दिन नपाइने गरी संघले सीमा लगाए पनि पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरिएको थियो । संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन […]

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

५ पुस : बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । सोही नगरपालिका–१० वडामा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको […]

सुन्तला बारीको परिक्षणमा कृषिमन्त्री

५ पुस : रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको र सोही अभियानका क्रममा आफू कृषकका समस्या बुझ्नका लागि सुन्तला बारी खाल्टेमा आएको , कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताउनुभयो । उनले कृषिको विकास बिना देशको विकास असम्भव रहेको […]