२७ मङ्सिर : चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ । यसै शिलशिलामा चीनले व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्ने र समस्याको समाधान निकाल्न तयार रहेको बिहीबार जनाएको छ […]
२८ मङ्सिर : मौसममा आएको परिवर्तनका कारण विहीबार सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । यस्तै […]
२८ मङ्सिर : प्रकाशित समाचार पढेर खड्गदलगण रोल्पाका गणपति अजय गुरुङले पूर्वी रोल्पाको एक विद्यालयलाई रु तीन लाखभन्दा बढीका शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । गत कात्तिक १८ गते प्रकाशित राष्ट्रिय समाचार समितिद्वारा सम्प्रेषित ‘सहयोगको पर्खाइमा दलित विद्यालय’ शीर्षकको समाचार पढेर उहाँले सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँमा रहेको जनएकता आधारभूत विद्यालयलाई सो सहयोग प्रदान गर्नुभएको हो […]
२्८ मङ्सिर स् बैतडीस्थित शत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । तल्लोस्वराडको पञ्चेश्वर गाउँपालिका–४ कुलाउमा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । दुर्गमका नागरिक गाउँघरमै निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा लिन पाउँदा निकै खुशीसमेत भएका छन् । नेपाली सेनाले दुर्गममा आएर सर्वसाधारणलाई सेवा दिँदा निकै खुशी […]