सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार

२७ मङ्सिर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई स्वरोजगार बनाएको छ । आव ०७४/७५ मा आबद्ध सदस्यलाई सहकारीले कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन, शैक्षिक र आवास निर्माणका लागि कर्जा प्रदान गरेको हो […]

शेयर बजारमा केही सुधारको सङ्केत

काठमाडौँ, २५ मङ्सिर : नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेर केही सुधारको सङ्केत देखिएको छ । स्टकका अनुसार कारोवार भएका दश उपसमुहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । त्यसमा जलविद्युत् ३५.७७, वित्त ३.६२, उत्पादन १.५२, अन्य ०.६५ र बीमा […]

समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही

काठमाडौँ, २६ मङ्सिर : राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १४० कार्यालय अनुगमन गर्दा करीब दुई हजार ३४० जना कर्मचारीलाई समय पालना नगरेका र पोशाक नलगाउने कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको थियो भने साउनयता १४० वटा कार्यालयमा गरेको […]

भारतीय राष्ट्रपति म्यान्मारमा, दुई देशको सम्बन्ध थप सुमधुर

२६ मङ्सिर :  म्यान्मारका राष्ट्रपति यू विन मिन्तले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको म्यान्मार भ्रमणले यी दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगेको बताउनुभएको छ । हाल म्यान्मार भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति कोविन्दको सम्मानमा दिएको रात्रिभोजमा म्यान्मारका राष्ट्रपति मिन्तले भारतका तर्फबाट भएको यो पछिल्लो भ्रमण दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण सावित भएको धारणा […]