फेसबुकको नेतृत्व गर्न चाहन्छिन् हिलारी क्लिन्टन

जेठ १४, २०७५ न्यूयोर्क–अमेरिकी पूर्व विदेशमन्त्री तथा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावकी प्रमुख प्रतिस्पर्धी हिलारी क्लिन्टन अब राजनीति छाडेर व्यवसाय चलाउन चाहन्छिन् । यसका लागि उनी विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको नेतृत्व सम्हाल्ने बारे सोचिरहेकी छिन् । मिडिया रिपोर्टका अनुसार म्यासाचुसेट्सकी डेमोक्याट नेता तथा महान्याधिवत्ता मौरा हिलीले हिलारीलाई कुन कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न […]

वाणिज्य मन्त्रालयको एक्सन : दुई पेट्रोल पम्पमा सिलबन्दी

वाणिज्य मन्त्रालयको एक्सन : दुई पेट्रोल पम्पमा सिलबन्दी (भिडियो) काठमाडौं मापदण्ड विपरित काम गर्ने दुई पेट्रोल पम्पलाई सिलबन्दी गरिएको छ । मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिल लगाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच […]

एसइइको नतिजा असार पहिलो साता आउँदै

१४ जेठ, काठमाडौं २०७४ साल चैत्रमा संचालित माध्यमिक शिक्षा परीक्षा (एसइइ कक्षा १०) को नतिजा यहि असार पहिलो साता सम्ममा प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय एक अधिकारीका अनुसार डाटा इन्ट्री र रुजु गर्नेलगायत कामहरु तिब्र गतिमा भैरहेको र असार पहिलो सातासम्म नतिजा प्रकाशन हुने बताइएको छ । उनले भने “परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक […]

नेकपा र फोरमबीच दुईबुँदे सहमति, संविधान संशोधन गर्न सरकार तयार

१४ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुनेछ । सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन […]