एमाले र माओवादी केन्द्रको एकीकरण भई निर्मित ‘नेपाल कम्युनिस्ट पार्टी’ सञ्चालन गर्ने सचिवालयमा महिलालाई नराखिएको भन्दै सो दलका नेत्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। दुवै तर्फबाट गरेर नौ नेताहरू सम्मिलित सचिवालयमा एक जना पनि महिला छैनन्। ठूलो दल बनाउँदा समावेशिताको मान्यतालाई अपेक्षा गरिएको भन्दै नेत्रीहरूले शीर्ष नेताहरूले आफ्नो सोचमा परिवर्तन गर्नुपर्ने टिप्पणी गरेका छन्। तर पार्टी […]
हालै एक जना भारतीय मन्त्रीले दुई दशकपछि उत्तर कोरियाको भ्रमण गरेको भारतले बिहीवार बताएको छ। अघिल्लो चोटि सन् १९९८ मा भारतीय जनता पार्टीको गठबन्धन सरकारमा सूचना तथा प्रसारण मन्त्री रहेका मुख्तर अब्बास नाक्वीले एउटा चलचित्र उत्सवमा सहभागी हुन प्योङ्याङको भ्रमण गरेका थिए। यसपालिको भ्रमण निकै अर्थपूर्ण छ। भारतीय सेनाका पूर्वप्रमुख रहेका विदेश राज्यमन्त्री भीके […]
जेठ ३ | आइपिलको खेल आन्तार्गत चेन्नई संगको खेलमा सन्दिप को प्रदर्शन निकै नै उत्कृस्ट रह्यो | उनले ४ ओवर बलिंग गरेर १ विकेट लिदै २१ रन मात्र खेर्चेका छन् | साथै उनको यो प्रदर्शन ले उनको टिम लाई सान्त्वना जित समेत दिलाएका छन् | दिल्ली पहिले नै क्वालिफायर बाट औउट भै सकेको छ |
गुलरिया, बर्दिया, ४ जेठ (रासस) राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले बर्दियाको पूर्व र पश्चिममा गरी ३६ हजार हेक्टर जमीनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढेको छ । बबई नहरबाट पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्र्वी भेगमा २१ हजार हेक्टर नहर सिँचाइ हुने आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठ बताउनुभयो । […]