पेरिसडाँडामा ओलीले भनेः ‘आउनुहोस् हाम्रा दुईवटा कार्यालय छन्, यसैमा मिलेर बसौं’

काठमाडौं–प्रधानमन्त्री एवम् नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले दुई पार्टी मिल्दा विरोधीहरुले चित्त खाएको बताएका छन् । आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडास्थित पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले प्रचण्ड र ओली सँगै बस्न सक्लान र ? भनेर भ्रम फिजाउँनेहरुलाई दुई पार्टी बीचको एकताले गतिलो जवाफ दिएको बताए । ४८ […]

संयुक्त सैन्य अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक समेत सोही सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको थियो । बुधबार दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक […]

क्युबाः विमान दुर्घटनामा सयभन्दा बढीको मृत्यु

ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ। तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू गम्भीर घाइते छन्। बोइङ ७३७ विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको […]

‘केरुङसम्म रेल आएपछि व्यापार घाटामा उल्लेखनीय कमी’

चालु आर्थिक वर्षमा नेपालबाट चीनतर्फ वस्तु निर्यात झण्डै ६० प्रतिशतले बढेपछि उत्साही बनेका व्यवसायीले आगामी दिनमा त्यो झन् बढ्ने विश्वास व्यक्त गरेका छन्। सामान निर्यातमा विश्वमा अग्रणी चीनले बढाएको आयातको लाभ नेपालले लिन सक्ने उनीहरूको ठम्याइ छ। चीनसँगको व्यापार घाटाको तुलनामा निर्यात वृद्धि निकै कम नै हो। तर निर्यात गरिने थप वस्तुको विस्तृत अध्ययन भइरहेको […]