भारतको व्यावसायिक क्रिकेट प्रतियोगिता आईपीएलमा छानिएसँगै अन्तर्राष्ट्रिय चर्चा बटुलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व ११ टोलीमा छानिएका छन्। टी-२० शैलीमा हुने उक्त खेल इङ्ग्ल्यान्डको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा आगामी मे ३१ तारिखमा हुनेछ। वेस्ट इन्डिजमा गतवर्ष गएको आँधीका कारण भत्किन पुगेका पाँच वटा रङ्गशालाको पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न उक्त […]
सोल. जेठ २ उत्तर कोरियाले दक्षिण कोरियासँग हुने भनिएको उच्चस्तरीय शिखर वार्ता रद्द गरेको छ। बुधबार दुई देशबीच उच्चस्तरीय शिखर वार्ता हुने तयारी थियो। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै उत्तर कोरियाले बुधबारको वार्ता रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार अमेरिका […]
प्रधानमन्त्री तथा नवगठित नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी जेटजस्तो भएकाले चलाउन दुई सहअध्यक्ष चाहिएको बताएका छन्। पार्टी एकता घोषणा सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘टेम्पो चलाएको हो र, एउटामात्र ड्राइभर हुन, जेट चलाउन दुई पाइलट चाहिन्छ।’ नयाँ बनेको कम्युनिष्ट पार्टीमा ओली र पुष्पकमल दाहाल सहअध्यक्ष छन्। त्यस्तै माधवकुमार नेपाल र झलनाथ […]
३ जेठ, काठमाडौं । देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ । २००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य,नरवहादुर कर्माचारी, नारायणविलाश जोशी र […]