नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार

१० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले ‘प्रतिगमन’ लाई जुत्ता प्रहार गरेका हुन् । संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो । […]

औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम जाँदैहुनुहुन्छ।  २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरेको थियो। उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटक-पटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट स्वीकृति भएर काम सुरु हुन लागेको हो। सोही […]

भागरथी भट्टको बलात्कारी लाई प्रहरीले पक्राउ

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चडेपानीकै १६ वर्षीय दिनेश भट्ट रहेको प्रहरीले जनाएको छ । उनी नाताले भागरथीका भाई हुन् । प्रहरीले आज दिउँसो दुई बजे पत्रकार सम्मेलन मार्फत हत्यामा संलग्न भट्टलाई सार्वजनिक गर्ने भएको छ । […]

७ महिनामै सेयर लगानीकर्ताको पुँजी १६ खर्बले बढ्यो

काठमाडौैं, लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो । गत असार […]