पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालयको उद्घाटन गरे प्रधानमन्त्रीले

 काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन: सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् । भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।

नेपाली कांग्रेस द्वारा रामारोशनमा शौचालय निर्माण

अछाम, शौचालय नहुदा लामो समय देखि समस्या मा रहेको प्रहरी चौकी शान्तडाका लागि नेपाली कांग्रेस रामारोशन गाउँ पालिका अछाम द्वारा शौचालय निर्माण गरिदिएको छ। प्रहरी चौकी शान्तडाले शौचालय निर्माणका लागि सबै निकाय संग सहयोगको लागि माग गर्दा पनि कुनै ठाउँ बाट सहयोग नभएपछि नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले शौचालय निर्माण गरेको हो। लामो समय देखि […]

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणबाट कैलालीको गौरीगंगामा एक महिलाको मृत्यु भएको छ । नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि २५ वर्षीया कला धामीको ज्यान गएको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ । आईतबार ३ बजे तिर पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका बेला बाघले आक्रमण गरेको हो । यसअघि जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका करिब २७ […]

निर्मलादेखि भागरथीसम्म: सुदूरपश्चिममा बलात्कार मुद्दाका ७० आरोपी अझै फरार

सुदूरपश्चिममा पछिल्लो डेढ वर्षमा जबरजस्ती करणीसम्बन्धी ४ सय ३६ घटना भएको प्रहरीको तथ्यांक छ। तीमध्ये ३ जनाको बलात्कार पछि हत्या भएको छ। ती सबै घटनामा संलग्नमध्ये ४ सय ४८ जनालाई पक्राउ गरिए पनि ७० जना अझै फरार छन्। यस प्रदेशमा पछिल्लो सात महिनामा मात्र एक सय २१ जनामाथि बलात्कार भएको प्रहरीको तथ्यांक छ। साढे २ वर्षअगाडि कञ्चनपुरमा १३ […]