नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिने पाँच लाख नाघे, अनलाइन भर्ने समय असीमित

२६ माघ, काठमाडौं। नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ। देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन्। गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो। झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना […]

अमेरिका छाडेर स्वदेशमा स्ट्रबेरीको उत्पादन र अनुसन्धान

२६ माघ, चितवन । राम्रो काम र आकर्षक सुविधा लिएर अमेरिकाको फ्लोरिडास्थित स्ट्रबेरी इन्टोमोलोजी ल्यावमा काम गर्दथे, सप्तरी राजविराजका ससन देवकोटा । त्यहाँ झण्डै तीन वर्ष काम गरेपछि उनलाई स्वदेश फर्किने र आफूले जानेको सीप र दक्षता देशकै माटोमा पोख्ने हुटहुटी चल्न थाल्यो । चितवनको रामपुरबाट बिएससी एजी सकाएर इन्टोमोलोजीमा स्नातकोत्तर गर्न यूनिभर्सिटी अफ् फ्लोरिडा […]

बालुवाटारमा प्रधानमन्त्रीले भने- लौ हिँड केटा हो, म तिमीहरूलाई राम-सीताका मूर्ति देखाउँछु

माडीका मेयर भन्छन्–चेपाङहरू त्रिपालमुनि सुतिरहँदा रामलाई ल्याएर मन्दिरमा सुताउँदा अन्याय हुन्छ। माघ २५, काठमान्डौ। आइतबार बिहान नेकपा चितवनका युवा नेता सुदीप रेग्मीले फेसबूकमा लेखे, ‘अयोध्याधामको लागि तयार गरिएको राम-सीताको मूर्ति आफ्नै आँखाले देखेर आइयो। अब माडीलाई मणि बनाउने सम्माननीय प्रम ओलीको सपना पुरा हुने लक्षण देखिँदैछ।’ सँगै उनले दुई वटा फोटो राखेका थिए। एउटामा रेग्मीसहितका […]

माघ ३० गतेभित्र सबै बहस सकिनु पर्ने : चोलेन्द्र शमशेर

माघ २५, काठमान्डौ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटन मुद्दामा माघ ३० गतेभित्र सबैको बहस सक्नु पर्ने बताएका छन् । सरकारी वकिलको बहस सकिएपछि सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल रमेश बडाललाई बहसका लागि दिईएको २० मिनेटको समयमा पनि बहस नसकेपछि राणाले थप १० मिनेट थप्दै माघ ३० गतेसम्म सबै बहस सक्नुपर्ने प्रष्ट पारेका थिए। […]