कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राति पौने ११ बजेको समयमा भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको मृत्यु […]

१ किलो नक्कली सुन दिएर कसरी ठगे ५५ लाख

काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १६ बस्ने काभ्रे भुम्लु गाउँपालिका ५ घर भएका ३२ वर्षीय सन्त बहादुर लामा, काठमाडौं तार्केश्वर नगरपालिका ५ शान्तिटोल बस्नेहरु नुवाकोट किस्पाङ […]

प्रचण्ड–नेपाल पक्षको प्रदर्शन तयारीले उपत्यकाको यातायात प्रभावित

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज (बुधबार) विरोध सभा आयोजना गर्न लागेका कारण काठमाडौं उपत्यकाको यातायात बिहानैदेखि प्रभावित भएको छ। ट्राफिक प्रहरीका अनुसार जुलुस बिहान ११ बजेपछि सुरु हुने भए पनि बिहानैदेखि सवारीसाधन आवागमनमा असर परेको हो। ठूला गाडीलाई चक्रपथभित्र प्रवेशमा रोक लगाइएको छ भने कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीलाई पनि डाइभर्सन गरिएको […]

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मध्यान्ह ११:५० बजे आयोग पुगेका हुन्। वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग आउन लागेको हुन सक्ने  स्रोतको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा […]