उपत्यकामा ५० हजार कार्यकर्ता उतार्ने प्रचण्ड-माधव समूहको दाबी

जुलुस निकाल्न ८ वटा केन्द्र तोकियो १२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड-नेपाल पक्षको योजना छ । ‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार विभिन्न बैठक, भेला, प्रशिक्षण लगायतका […]

प्रचण्ड–नेपाल समूह माइतीघरमा बसे, छातीमा ‘हामी यहाँ छौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। शुक्रबार बिहान ९:३० बजेदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ। उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ […]

चुनावमा ५० लाख भोट र १२० सीट ल्याउनुपर्नेछ

‘नदी बग्दै जाँदा फोहोर किनारातिर धकेलिन्छ, पिलो निचोर्दा शरीरको तौल घट्दैन’ केपी शर्मा ओली, (प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ) हामी नयाँ पार्टी जीवनतर्फ अगाडि बढ्दैछौं । अहिलेसम्म विधिवत पार्टी एकता विभाजित छैन । हामी पार्टी विभाजन गर्न पनि चाहदैनौं । निर्वाचन हुँदा पार्टी फुट्छ ? निर्वाचन हुँदा पार्टी फुट्नुपर्छ ? झन् एकजुट भएर बढ्नुपर्दैन ? […]

माधव नेपाल बने नेकपाका अध्यक्ष

७ पुस, काठमाण्डाै । माधवकुमार नेपाल  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनेका छन्।  मंगलबार राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो। आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ।  उक्त बैठकले आजैदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई  अध्यक्षबाट हटाउने निर्णय […]