लोकेश बटाला, सुर्खेत – डा. गोविन्द केसीले आफ्नो १९औँ अनशन जुम्लाबाट सुरु गरेका छन् । उनले जुम्लाको चन्दननाथ- ६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९औँ अनशन सुरु गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने उनको माग छ । यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन […]
खकेन्द्र भण्डारी, धनगढी – कैलालीको टीकापुर नगरपालिका– ९ खक्रौलास्थित पुरानो भन्सार कार्यालयनजिकको नालामा एक वृद्धको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका– ५ वसन्तानिवासी ७० वर्षीय नरबहादुर ढोली रहेको प्रहरीले जनाएको छ । मृतक ढोलीको शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल ल्याएकोे इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।
काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । आज बिहान २२ वर्षीय कुमार […]
बेनाम बादशाह झापा – अर्जुनधारा नगरपालिका वार्ड न छ पुस्पलाल चोक मा स्थानिय को घर बनाउने भारतिय ठेकेदार बिगत ४ दिन देखि लुकिछिपि आएर घर निर्माण गरिरहेका थिए । बिस्व लकडाउन भएको र नेपाल पनि सबै बोर्डर र सिमाना शिल भएको अवस्थामा भारत को नक्सल घर भएका सुजन वर्मन नाम गरेका ठेकेदार लामो समय देखि […]