खकेन्द्र भण्डारी, धनगढी – कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडामा सु.प.प्र ०१००८ प ६७३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रु ५१ वर्षीय कमला रोकायाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल सहित चालक […]
पोखरा – मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा तीन दिनदेखि लगातार पहिरो झर्दा यातायात सञ्चालनमा समस्या भएको छ । पोखरा–बाग्लुङ सडक पर्ने उक्त ठाउँमा शनिबार राति पहिरो खसेको थियो । पहिरो खस्ने क्रम मंगलबार बिहानसम्म पनि नरोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले बताए ।
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ को जित निकालेको हो । उसका लागि जोर्गिन्हो, रेस जेम्स र कर्ट जुमाले एक एक गोल गरे । ब्राइटनका थ्रोसार्डले एक गोल गरे पनि जितको लागि पर्याप्त भएन र चेल्सीलाई ३ अंक सुम्पन बाध्य भयो । अर्को खेलमा उल्भ्सले सेफिल्ड […]
एजेन्सी खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा एउटा ग्यास भेटेका छन् जसले त्यहाँ जीवन भएको संकेत दिइरहेको छ । शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने सम्भावना जताइएको छ । भेटिएको ग्यासको नाम फस्फिन हो । एउटा यस्तो अणु जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको छ । धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ । […]