चितवनमा ठोक्किए दुइ ट्रक

चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड अन्र्तगत खहरे पुलमा दुई वटा ट्रक ठोक्किएका छन् । सोमबार बिहान इच्छाकामना गाउँपालिका–५ मा भएको उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् । काठमाडौबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना४ख ८०११ नम्बरको ट्रक ठोक्किँदा ट्रकमा सवार ६ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ […]

२० बर्ष पछि पक्राउ परे श्रीमतीको हत्या आरोपी

काठमाडौं – नेपाल प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ। दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न […]

भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको स्वास्थ्य अवस्था स्थिर

खकेन्द्र भण्डारी, धनगढी – भेन्टिलेटरमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको स्वास्थ्य अवस्था स्थिर रहेको छ । भेन्टिलेटरमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की संक्रमित महिलाको स्वास्थ्य अवस्था स्थिर रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमित महिलाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए । अस्पतालको आईसोलेसनमा उपचाररत उनमा कडा खालको […]

घरी मर्दै घरी ब्युतिँदै गर्छिन वर्षा ! कृत्रिमश्वास दिएर राखेको मात्रै हो । सहयोगी मन सम्म पुगोस यो खबर !

लक्ष्मण चौलागाई विद्रोही गुल्मी जिल्ला अर्लाङ्कोट- ९ स्थायी घर भै हाल धौलागिरी टोल, गैंडाकोट नवलपरासीमा बाबुराम भट्टराईको घरमा डेरा गरि बस्ने चेली वर्षा गौतम २४ वर्ष नकट्दै जीवन र मृत्युको दोसाँधमा छट्पटीदै गम्भीर शैयामा याचना गरिरहनुभएको पीडादायी खबर लिएर आएको छु । आर्थिक अवस्था एकदम कमजोर भएको र वर्षाको साथमा श्रीमान र एक छोरा एक […]