अजोड इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचिकृत, भोलिबाट कारोबार हुने

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले निस्काशन गरेको एक अर्ब रुपैयाँ साधारण शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । असारको पहिलो साताबाट आईपिओ निष्काशन गरेको अजोड इन्स्योरेन्सले आईपिओ प्रक्रिया पूरा गरी नेप्सेमा सूचिकृत गरेको हो । कम्पनीमा कूल ७० करोड संस्थापक शेयर ३० करोड रुपैयाँको साधारण शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेप्सेमा सूचिकृत […]

नेकपा मुठभेडउन्मुख :ओलीलाई पेलेरै जाने मनस्थितिमा प्रचण्ड–नेपाल पक्ष

काठमाण्डु – लामो समयदेखि विवादमा रुमल्लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भोलि मंगलबारका लागि तोकिएको छ । तर पटक–पटक स्थगित हुँदै आएको बैठक बस्ने÷नबस्ने कुनै निश्चित छैन । पार्टीमा शीर्ष नेताहरूबीच सहमति हुन नसक्दा नेकपा स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित हुँदै आएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र […]

स्याङ्जामा १८ जना प्रहरी कोरोना संक्रमित, प्रहरी कार्यालय सील

स्याङ्जा – स्याङ्जामा १८ जना प्रहरी कोरोना भाइरबाट संक्रमित भएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा १८ जना प्रहरीलाई कोरोना संक्रमण भएपछि प्रहरी कार्यालय सील गरिएको छ । साथै कास्कीमा २ र लमजुङमा २ जना कोरोना संक्रमित थपिएका छन् । आज मात्रै गण्डकी प्रदेशमा २२ जना कोरोना संक्रमित थपिएका […]

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

१२ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या […]