सेनामा गूप्तचर प्रमुख र सैनिक प्रवक्ता फेरीए

काठमाडौं– नेपाली सेनामा उच्च अधिकृतहरुको काज सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनाको गूप्तचर महानिर्देशनालयका प्रमुखमा उपरथी सरोज प्रताप राणालाई जिम्मेवारी दिइएको छ । हालका गूप्तचर प्रमुख झंकर कठायतले अवकास पाउने दिन नजिक छ । उनि श्रावण १५ मा उपरथीबाट अवकासमा जांदैछन् । त्यसैगरी उपरथी बढुवाको लाइनमा रहेका सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलाई उपरथी […]

बालुवाटारभित्रै मागियो प्रधानमन्त्रीको राजीनामा, प्रचण्डभन्दा पूर्वएमाले कडा

६ असार, काठमाडौं । भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा संकटमा परेका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा शीर्षनेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न मात्र उठाएनन्, ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन मागसमेत गरे । प्रधानमन्त्री ओलीले […]

जनचेतना अभावमा बाली बीमा लगभग शून्य, आकाशमा सलह घुम्दा किसानका अर्बौ रुपैयाँको बाली जोखिममा

काठमाडौं । नेपाल बीमक संघले हाल देशका विभिन्न भागमा छिरेको सलहका कारण किसानको बाली नष्ट भएमा बीमित किसानलाई बीमा कम्पनीले क्षतिपूर्ति दिने जनाएको छ । तर, जनचेतनाको अभावमा किसानले बाली बीमा नगरेका कारण असाध्यै थोरै (औलामा गन्न सकिने) किसानले मात्रै दावी भुक्तानी पाउने अवस्था छ । यतिबेला भारतबाट छिरेका लाखौं सलह नेपाली आकाशमा घुमिरहेका छन् […]

सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा आज थप ९६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पाटन अस्पताल, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९६ जनामा कोरोना पुष्टि भएको हो।  आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका सात महिला र २० पुरुष गरी २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि […]