प्रदेशहरूको बजेट : स्वास्थ्यमा प्राथमिकता, सांसदलाई निन्तरता

ई आर्थिक वर्षको खर्च क्षमता र कोभिड–१९ संक्रमणले निम्त्याएको आर्थिक शिथिलताबाट सृजित स्रोत संकुचनलाई बेवास्ता गर्दै प्रदेशहरुले ठूलो आकारको बजेट सार्वजनिक गरेका छन् । प्रदेश ५ बाहेक सबैले सांसदको तजबिजीमा खर्च गरिने बजेटलाई निरन्तरता दिएका छन् । काठमाडौँ — सोमबार सार्वजनिक गरिएको प्रदेश सरकारहरूको बजेटमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा उल्लेख्य रकम छुट्याइएको छ । […]

गण्डकी प्रदेशका १८ जनामा कोरोना, गोरखामा १० संक्रमित

 असार, काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक […]

कर्णालीमा ३३ अर्ब ७४ करोडको बजेट, कोरोना कोषलाई १ अर्ब

सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना केन्द्रित कार्यक्रमको लागि १ अर्ब ५० करोड रुपैयाँको कोष परिचालन गर्ने भएको छ । सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले स्वास्थ्य, शिक्षा र खाद्यान्नको लागि कोषबाट बजेट खर्च गरिने बताए । मन्त्री ज्वालाका अनुसार प्रदेश अस्पतालमा २ […]

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड २५ लाख

रूपन्देही — प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट सोमबार सार्वजनिक गर्दै चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए । त्यस्तै […]