काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएका छन् । छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट महामारी नियन्त्रणका लागि हालसम्म भइरहेको एकीकृत प्रयासबारे जानकारी लिएपछि उनले कोरोना परीक्षणको दायरासमेत बढाउन निर्देशन दिएका हुन् । एकीकृतरुपमा कोभिड–१९ को रोकथाम र […]
खेम थपलिया आफ्नो गोठको हराएको बाख्राको पाठो फेला पार्दा त मान्छे कति खुसी हुन्छ भने गुमेको मातृभूमि नै ल्याउने कुरा हुँदा को नेपाली बेखुस रहन सक्ला र ! ओली सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको समग्र नेपालीभूमि समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय लिएसँगै नेपालको राजनीतिक क्षेत्रमा बहसले नयाँ स्वरूप लिएको छ । नेपाली जनताको […]
काठमाडौँ – महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले बताए। अहिले कालिमाटी वृत्त र सो मातहत रहेका […]
७ जेठ, बुटवल । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । गुल्मी मदाने गाउँपालिका–६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार […]