नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारले सरकारले ल्याउन लागेको वार्षिक नीति तथा कार्यक्रमबारे छलफलमा केन्द्रित रहेको बताइएको छ । सरकारले आज दिउसो निती तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि तयारी र एजेण्डा तय गर्न बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार […]

पूर्वराजा ज्ञानेन्द्र शाहले पाए सवारी पास, काठमाडौं आउँदै

२ जेठ, काठमाडौं । लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको अनलाइनखबरलाई बताए । पूर्वराजाका […]

नेकपा राैतहट सेक्रेटरी शाही रिहा

राैतहट नेपाल कम्युनिष्ट पार्टी राैतहट जिल्ला सेक्रेटरी सिसम शाही रिहा भएकि छन । जनयुद्द कालदेखि नै निडर दलालहरूकाे सामु नझुकि अग्रपंतिमा उिभएकि कुशल नेत्री शाही करिब १०८ दिन पछि हिरासत मुक्त भएकि नेकपा राैतहटले जानकारी गराएकाे छ ।

भारत लाइ नेकपाको युवा संगठन द्वारा कडा चेतावनी

जेठ १ काठमाडौ । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठनले भारतद्वारा गरिएकाे सिमा अतिक्रमण तत्काल बन्द गर्न, र अतिक्रमीत जमिन फिर्ता गर्न र नेपाली भुमिमा राखिएको भारतिय सिमा सैन्य क्याम्प फिर्ता गर्न भन्दै भारतिय दुतावासमा ज्ञापन पत्र बुझाएकाे छ । युवा संगठनले केन्द्रीय समितिको तर्फबाट बुझाइएको उक्त विज्ञप्तिमा भारतीय साम्राज्यवादी हेपाहा प्रवृति र अतिक्रमित कार्य बन्द […]