वेबसाइट ह्याक हुन बाट कसरी जाेगिने,जानी राखाै

प्रकाश उप्रेती : वेबसाइट ह्याक संग सम्बन्धित केहि तथ्यहरु: वेबसाइट, इन्टरनेट कनेक्ट भएको कुनै पनि सर्भर कम्प्युटरमा राखिएको फाइल हो जुन डेडीकेटेड, सेमीडेडीकेटेड, ग्रिड, भी पी यस, रिसेलर वा सेयर्ड वेब होस्टिंग स्पेसमा राखिएको हुन्छ ।  ति प्रत्येक सर्भरमा आइपी एड्रेस निर्धारण गरिएको हुन्छ, कुनै पनि वेबसाइटको आइ पी एड्रेस सम्झिन गार्हो हुने जस्तै (११४.४५.२३३.१२३) […]

लकडाउनको समय थपियो बैसाख ३ सम्म

काठमाडौ – कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमलाई मध्येनजर गर्दै नेपाल सरकारले आजबाट थप लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको कारण बन्दाबन्दी (लकडाउन) को समयावधि बैसाख ३ गते सम्मका लागि थप गरिएको छ ।

महाप्रसाद अधिकारी नयाँ गभर्नर

काठमाडौँ — सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई आज बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । कान्तिपुर दैनिकबाट साभार

अमेरिकामा ज्यान गुमाउने ४ नेपालीको पहिचान खुल्यो

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा जीवन गुमाउने ४ जना नेपालीको पहिचान खुलेको छ । न्यूयोर्कमा बसोबास गर्दै आएका अजय छोंचन, थोक्मे बिष्ट, सोनाम लामा र निमा टेम्बा शेर्पाको मृत्यु भएको हो । उनीहरुको मृत्यु हुनुको कारण भने खुलिसकेको छैन । अमेरिकामा यतिखेर कोरोना भाइरस (काभिड–१९) संक्रमणले सताइरहेको छ । कोरोना भाइरस संक्रमण फैलिरहेको अवस्थामा उनीहरुको पनि त्यही […]